सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले पेस गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २१ र विपक्षमा १३ मत परेको छ । दुई जना प्रदेशसभा सदस्य तटस्थ बसेका छन् ।
मुख्यमन्त्री शाहीलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले भने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका सभामुख सहित १०, नेकपाका १४, नेपाली कांग्रेसका १५ र राप्रपाका एक जना सांसद छन् । एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले २३ दिनपछि प्रदेशसभाबाट विश्वासको मत लिनुभएको हो ।
प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्