२०८३ कात्तिक १२ , बुधबार (2026 Oct 29, Thursday)

प्रहरीद्वारा बिरामी महिलाको उद्धार



डोल्पा – ठुलीभेरी नगरपालिका–३ दुनैकी ६० वर्षीया पम्फी शाहीलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल, दुनै पुर्‍याएको छ । मुटु दुख्ने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि प्रहरी टोली खटिएर उहाँको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिलराज गिरीले जानकारी दिनुभयाे ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले नागरिकको सुरक्षा र सेवाप्रवाहसँगै प्रहरी कर्मचारीको अनुशासन, कार्यदक्षता तथा सेवाग्राहीमैत्री व्यवहार सुधारमा पनि काम गर्दै आएको छ । कार्यालयले नियमित निरीक्षण तथा निर्देशन कार्यक्रममार्फत प्रहरी कर्मचारीको कार्यसम्पादन र कार्यालय व्यवस्थापन सुधारमा जोड दिंदै आएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बुधबार