स्पेनको राजधानी मड्रिड र दक्षिणी अन्दालुसिया क्षेत्रलाई जोड्ने मुख्य रेलमार्गमा दुई तीव्र गतिका रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । टोलिडो क्षेत्रमा भएको दुर्घटनामा दुईवटा रेलका डिब्बा लिकबाट तल खसेका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार दुर्घटनामा भएको मानवीय क्षतिबारे क्षेत्रीय सरकार कात्या–ला मान्चाले जानकारी दिएको हो । स्थानीय समयअनुसार बिहान ९ बजे भएको दुर्घटनापछि उद्धारका लागि हेलिकप्टर, प्रहरी र एम्बुलेन्ससहितका टोली परिचालन गरिएको थियो ।
रेल सञ्चालक कम्पनी अदिफले दुर्घटनापछि मुख्य रेलमार्ग पूर्णरूपमा बन्द गरिएको जनाएको छ । दुर्घटनास्थलमा उद्धार तथा राहत कार्य सञ्चालन गरिएको छ भने रेल सेवा अवरुद्ध हुँदा यात्रु आवागमन प्रभावित भएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जालमार्फत दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । यसअघि जनवरीमा दक्षिणी स्पेनमा रेल लिकबाट बाहिरिएर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा ४५ जनाको मृत्यु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्