थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उनीहरूलाई उद्धारपछि सबैलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।
विभिन्न माध्यमबाट कम्बोडिया पु¥याई गैरकानूनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा सकुशल उद्धार गरी स्वदेश फर्काइएको हो ।
आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा १ हजार ९७७, २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए ।
दूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड नजान अनुरोध गरेको छ ।
प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्