२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

दुल्लूको रिजुमा रिजालको भेला



दैलेख – पूर्व मन्त्री मिनेन्द्रप्रसाद रिजालले कुलबंशको खोजी गर्ने कुरा सभ्यता पहिचान र समाजलाई गतिशील बनाउने बताउनुएको छ । रिजालहरुको आदिभूमि दुल्लू नगपालिका-५ रिजुमा आज आयोजित बिन्ध्यवासिनी मन्दिरको पूजा कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

रिजालले सभ्यता सिकाउने संस्कार अबलम्वन गर्न र विभेद जनाउने कुसंस्कार त्याग्दै जानुपर्ने सुझाव दिनुभयो । ‘आफ्नो कुलबंश र नाता खोजी गर्दा सामाजिक सम्वन्ध दरिलो हुन्छ तर जातको उचनिच छुट्टयाउने असमानताले सामाजिक विचलन ल्याउछ’ उहाँले भन्नुभयो ।

स्त्रीरोग विशेषज्ञ एवं बरिष्ठ साहित्यकार डा. भोला रिजालले विज्ञानले पनि धर्म, दर्शन र अध्यात्मलाई स्वीकार गरेको बताउदै समाजको विश्लेषण गर्न हरेक जातिको आफ्नो बंश, परम्पराको खोजी गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रम उहाँको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा संविधानसभाका सदस्यद्वय लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, दुल्लू नगरपालिकाका मेयर भरतप्रसाद रिजाल लगायतका जनप्रतिनिधि तथा सामाजिक अगुवाहरुले बोल्नुभएको थियो ।

दुल्लू नगरपालिका–५ रिजु रिजाल थर धनाञ्जय गोत्रीयहरुको आराध्य बिन्ध्यवासिनी मन्दिरमा ४३ फीट अग्लो त्रिसुल, घण्ट, शंखको अनावरण गरी पूजाअर्चना गरिएको थियो । नेपालभर धनाञ्जय गोत्रीयहरु करिब ९ लाख जति भएको मानिन्छ । रिजालहरुले रिजुलाई करिब ९ सय वर्ष पुरानो पुख्र्यौली थलो मान्दछन् ।

प्रकाशित मिति : २०८१ फागुन १४ गते बुधबार