२०८३ भदौ १० , बुधबार (2026 Aug 26, Wednesday)

प्रधानमन्त्रीलाई धम्की दिने युवक पक्राउ



काठमाण्डौं – प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । झापाको भद्रपुर नगरपालिका–९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल पक्राउ परेका प्रहरीले जनाएकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट उनलाई पक्राउ गरेको हो । इन्स्टाग्राममा प्रधानमन्त्री शाहलाई भदौ २३ गतेसम्म सिध्याइदिने भनी स्टाटस लेखेकाे दहाल माथि आराेप छ । उनले प्रहरीलाई गाली गलौज समेत गरेका थिए ।

पक्राउ परेका दहाललाई थप अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको प्रहरीले जनाएको छ । पछिल्लाे समय सामाजिक सञ्जालमा उत्तेजक र अश्लिल गाली गलाैज गरेका उजुरी ह्वात्तै बढेकाे साइबर ब्यूरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीले बताउनुभयाे ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार