काठमाण्डौं – कृष्णभीर पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ । काठमाडौंसँगको आपूर्ति शृङ्खला सहज बनाउन हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माण अघि बढाइने भएको हो ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार कृष्णभीरमाथिबाट नयाँ ट्र्याक खोल्ने, ग्याबियन बक्स तयार गर्ने र हिलसाइडबाट बोल्डर खसाल्नेलगायतका काम अघि बढाउने निर्णय भएको छ ।
दीर्घकालीन समाधानका लागि सुरुङमार्ग, बाइपास सडक, सोइल नेलिङ र सिट पाइललगायतका विकल्पमा अध्ययन गरिने भएको छ । सडक विभागले आवश्यक प्राविधिक अध्ययन गरी उपयुक्त विकल्प तय गर्नेछ ।
मन्त्रालयले सुरुङ वा बाइपास सडक निर्माणका सम्भावित विकल्पबारे तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्न आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्