दैलेख – मंसिर १६ गते हुन गईरहको उपनिर्वाचन २०८१ मा बालबालिकाहरुलाई प्रयोग नगर्न बाल अधिकारका लागि साझा अभियान (सीसीआर) कर्णालीको अपिल गरेको छ । निर्वाचनमा बालबालिकाहरुलाई प्रचारप्रसार, अतिथी स्वागत सत्कार, प्रÞ्याली जुलुस जस्ता कार्यमा प्रयोग गरेर बालबालिकाको राजनीतिक दुरुपयोग नगर्न बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशको ध्यानाकर्षण गराएको छ ।
अभियानका अध्यक्ष टिकाराम आचार्य र महासचिव विष्णु प्रसाद शर्माद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ ‘निर्वाचन वा कुनै पनि वाहानामा बालबालिकाहरुको प्रयोग भए नभएको अनुगमन गरी सम्बन्धित राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारलाई निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गराउन आवश्यक छ ।’ निर्वाचन आयोगको समेत ध्यानाकर्षण सञ्जालले गराएको छ ।
मंसिर १६ गते हुन गइरहको उपनिर्वाचन २०८१ मा बालबालिकाहरुलाई प्रयोग नगर्न सिसिआर कर्णालीको अपिलमा निर्वाचनमा बालबालिकाहरुलाई प्रचारप्रसार, अतिथि स्वागत सत्कार, र्याली, जुलुस जस्ता उपनिर्वाचन प्रचारप्रसार गतिविधिका कार्यमा बालबालिकाको राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले दुरुपयोग नगर्न बाल अधिकारका लागि साझा अभियान (सीसीआर) कर्णाली प्रदेशले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्