२०८३ असोज २७ , मंगलबार (2026 Oct 13, Tuesday)

तल्लोडुंगेश्वरमा पोषण लेखाजोखा अभियान



दैलेख – पोषण नेपाल परियोजना सञ्चालन भएका दैलेखका ५ वटा पालिकामा ६ महिनादेखि ५९ महिनासम्म बालबालिकाहरुको पोषणको लेखाजोखा राख्ने र कुपोषित बालबालिकाहरुको पोषण सुधार अभियान सञ्चालन भइरहेका छन् । केयर नेपाल र आईडीई नेपालको साझेदारी एभरेष्ट क्लवले सञ्चालन गरेको उक्त परियोजनाको कार्यक्षेत्र गुराँस, डुंगेश्वर, भगवतीमाई, ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिकामा परियोजना सञ्चालित छ ।

पोषण बारे सामुदायको धारणा, पोषण बारे समाजमा रहेका नकारात्मक बुझाई, सामाजिक व्यवहार परिवर्तन बारे स्वास्थ्यकर्मीहरुले सचेतना र गम्भीर तीब्र कुपोषित बालबालिकाहरुको स्वास्थ्य सरसफाई, पोषण सुधार र आवश्यकताको आधारमा मेडिकल उपचार समेत गर्ने गरिएकाे छ । पोषण अभियानलाई सघाउन परियोजना क्षेत्रमा सरकारी स्वास्थ्य संस्थाहरुले समेत सघाइरहेका छन् ।

नेपाल सरकारकै स्वास्थ्य सेवालाई सघाइरहेकाले परियोजनाका क्रियाकलापहरुमा परियोजना क्षेत्रमा सरकारी स्वास्थ्य संस्थाहरुले समेत सहकार्यता बढाएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख डा‍. मनोज बिश्वकर्माले बताउनुभयो । परियोजनाले दैलेखको गुराँस गाउँपालिका–२ तल्लोडुंगेश्वरमा बुधबार आयोजना गरेको पोषण लेखाजोखा अभियान कार्यक्रममा पुग्नुभएका डा‍. बिश्वकर्माले प्रष्ट्याउनुभयो ।

पोषण परियोजनाले दैलेखको गुराँस गाउँपालिकाका ८ वटै वडाका विभिन्न स्थानमा स्थानीय लाभ पोषण लेखाजोखा अभियान कार्यक्रम सञ्चालन गरिने एभरेष्ट क्लवको पोषण परियोजना संयोजक लोकबहादुर बिश्वकर्माले जानकारी दिनुभयो । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुको पोषण मापन गर्ने र कुपोषित बालबालिका फेला परेमा पोषण स्याहार केन्द्रमा सिफारिस गरिने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार