२०८३ मंसिर १० , बिहीबार (2026 Nov 26, Thursday)

सिकाइ आदानप्रदान कार्यक्रम



दैलेख – आईएलओ, यूनिसेफ, यूएनएफपीए र यूएनओमनसंगको साझेदारी यूरोपियन यूनियनको फण्डमा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजनाले दैलेखमा परियोजनाको ३ वर्षे अवधिमा गरेको प्रगति र सिकाइ अनुभव बारे जानकारी गराउन बुधबार आदानप्रदान कार्यक्रम गरेको छ ।

परियोजनाको सिकाइ आदानप्रदान कार्यक्रममा नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले परियोजनाले पालिकामा लैंगिकमैत्री नीति र योजना बनाउन सहयोग पुगेको बताउनुभयो । त्यसबखत परियोजनापछि स्थानीय सरकारको अग्रसरता विषयमा खुला छलफल समेत गराइएको थियो ।

परियोजनाले देशभरका ३२ जिल्ला मध्ये कर्णालीका प्रदेश १० जिल्ला र दैलेखमा दुल्लू, नारायण नगरपालिका, भैरबी र महाबु गाउँपालिकाका महिला तथा बालिकाहरुलाई लैंगिक हिंसा रोकथाम, आर्थिक उपार्जन, नीति तथा लैंगिकमैत्री सुशासनका निम्ति उत्तरदायी राज्य संरचना तयार पार्न भएका क्रियाकलाप बारे जानकारी गराइएको थियो ।

महिला पुनर्स्थापना केन्द्र ९ओरेक०, महिला सशक्तिकरण मञ्च, आवाज संस्था, सीएससी लगायतका नागरिक समाज संस्थाहरुले स्थानीय सरकारसंगको समन्वयमा ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजनाका क्रियाकलाप गरेका नारायण नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख खमबहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ मंसिर ९ गते बुधबार