२०८३ कात्तिक २७ , शुक्रबार (2026 Nov 13, Friday)

भिरबाट लडेर घाइतेको प्रहरीद्वारा उद्धार



डोल्पा – काइके गाउँपालिका–७ लावन बगरमा भिरबाट लडेर गम्भीर घाइते भएका एक जनाको प्रहरीले उद्धार गरेको छ ।

कात्तिक २५ गते गोरेटो बाटो खन्ने क्रममा माथिबाट झरेको माटोको ढिस्कोसँगै भिरबाट लडेर स्थानीय ३२ वर्षीया भीम बुढा गम्भीर घाइते हुनुभएको हो ।

प्रहरी टोलीले बुढाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दुनै पुर्‍याएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विनयकुमार सिंहले बताउनुभयो ।

जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएका बुढालाई नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २७ गते शुक्रबार