२०८१ चैत २७ , बुधबार (2025 Apr 9, Wednesday)

सामाजिक सञ्जालले जनमत बनाउदैन : कँडेल



दैलेख – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जालले जनमत बनाउन नसक्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दैलेखले आयाेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले साे विचार राख्नुभएको हाे ।

मुख्यमन्त्री कँडेलले भन्नु भयाे ‘बेथिति सुधार गर्न आवश्यक छ तर लाेकतन्त्र र दलीय व्यवस्थाकाे विकल्प रहँदैन । विकासलाई गति दिन, सुशासन प्रवर्द्धन गर्न सबैले दलगत स्वार्थ त्यागेर सामूहिक  ऐक्यबद्धता चाहिएकाे छ ।’

पत्रकारहरुकाे प्रश्नमा  कर्णाली प्रदेश सरकारले आमसञ्चार  प्रतिष्ठान गठन, पत्रकारलाई सहयोग र सुविधामा सकारात्मक रहेको उल्लेख गर्दै कृषिलाई आाधुनिकीरण र राेजगारका अवसर सिर्जना गरिने गरी बजेट प्राथमिकता दिइने वचन दिनुभयाे ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाकाे अध्यक्षतामा भएको थियाे । पत्रकारहरसले पेट्रोलियम पदार्थ प्रशाेधन केन्द्र दैलेख वाहिर बनाउन खाेजेकाे, प्रदेश सरकारकाे बजेटमा पहुँचका आधारमा वितरण भएको गुनासो सुनाएका थिए ।

प्रकाशित मिति : २०८१ कात्तिक २७ गते मंगलबार