२०८१ चैत २६ , मंगलबार (2025 Apr 8, Tuesday)

मानसिक स्वास्थ्य सवलीकरण अन्तरक्रिया



दैलेख – मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी)ले चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ बिन्द्रासैनीमा मानसिक स्वास्थ्य सवलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । हरेक काममा हाँसीखुशीसंग व्यवहार गर्न आफूमा मानसिक स्वास्थ्यको भूमिका विषयमा अभिुखीकरण गरिएको थियो ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका लागि सरकारी तथा गैरसरकारी कार्यालय, सार्वजनिक सेवा प्रवाह गर्ने निकाय र समुदायमा काम गर्दा सीएमसीका मनोपरामर्शकर्ता गीता वलीले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्ति र अधिकारीहरुले अपनाउनुपर्ने धैर्य, संयम र शिष्टाचारको बारे सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का कार्यवाहक वडाध्यक्ष कृष्णबहादुर बुढा, सरस्वती मावि खारका विद्यायल व्यवपस्थापन समितिका अध्यक्ष नामाखर बुढा, प्रहरी चौकी जम्बुकाँधका प्रहरी हवल्दार बिष्णुप्रसाद पौडेल लगायतका समुदायका अगुवा र सर्वसाधारण समेत ५९ जनाको सहभागिता थियो ।

प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार