२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

पावर परियोजनाको पाँच वर्ष समीक्षा



दैलेख – सेभ द चिल्ड्रेनको साझेदारीमा एभरेष्ट क्लवले दैलेखका दुल्लू र नारायण नगरपालिकामा सञ्चालन गरेको पावर परियोजनाले सन् २०२१-२०२५ अवधिमा गरेको विकास गतिविधिको समीक्षा र सन् २०२६ मा सञ्चालन गर्ने परियोजना क्रियाकलाप बारे जानकारी गराउन परियोजना परिचय कार्यक्रम गराइएको छ ।

मंगलबार दैलेख सदरमुकाममा नारायण नगरपालिकाका जनप्रतिनिधि र एभरेष्ट क्लवले यो वर्ष गर्ने कार्यक्रमहरु प्रभावकारिता निम्ति सहयोग, सहकार्य र समन्वय बारे पावर परियोजनाका कार्यक्रम संयोजक भूपेन्द्र खत्रीले युवा उद्यमशीलता, किशोरकिशोरीलाई जीवन दर्शन र अभिभावक अभिमुखीकरण खाका प्रस्तूत गर्नुभयो ।

अघिल्ला ५ वर्षमा कार्यक्षेत्र दुल्लू र नारायण नगरपालिकालाई वित्त विकास, नीति र योजना निर्माणमा सघाएको, दुइटै पालिकामा ८ वटा किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा, ६४० जना विद्यालय छाडेका किशोरकिशोरीलाई पुनः विद्यालयको पढाई निरन्तरता, १२ सय ८० जनालाई जीवन उपयोगी शिक्षा दिइएको, १२८ वटा अभिभावक अभिमुखीकरण तथा बालविवाह रोकथाम शिक्षा दिइएको परियोजनाले जनाएको छ ।

यो वर्ष युवा उद्यमशीलता, विद्यार्थी उत्प्रेरणा, अपांगता भएका किशोरकिशोरी र युवाहरुलाई ब्रसरी शैक्षिकबृति, बालबालिकाको उचित शिक्षा बारे अभिभावक अभिमुखीकरण, अपांगता म्यापिंग तथा सहायक सामग्री सहयोग, सीप विकास बुष्टर तालिम, व्यवसाय सञ्चालन सहयोग, जलवायु अनुकुलन शिक्षा कार्यक्रम राखिएको बताइएको छ ।

परियोजनाको अन्तिम वर्ष २०२६ को जुनसम्म अर्थात करिब ६ महिना अवधिमा यी कार्यक्रमहरु सञ्चालन गर्न पावर परियोजनाले २१ लाख ३ हजार बजेट विनियोजन गरेको र ३२ लाख भन्दा बढी पालिकाको साझेदारी हुने परियोजना परिचय कार्यक्रममा जानकारी गराइएको थियो ।

परियोजना परिचय कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्माले युवाहरुलाई उपार्जनमा प्रेरित गर्न पावर परियोजनाले गरेको सहयोग निम्ति धन्यवाद दिंदै परियोजना निरन्तरता दिन आग्रह गर्नुभयो । त्यसबखत एभरेष्ट क्लवका कार्यकारी निर्देशक दिपक शाहीले स्थानीय सरकारलाई सवल बनाउन सधैं तत्पर रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८२ पुस २९ गते मंगलबार