दैलेख – राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं साधारणसभा सम्पन्न भएको छ । निजामती कर्मचारीहरु शेयर सदस्य रहने उनीहरुलाई आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा सक्षम बनाउन १८ वर्ष अघि स्थापना भएको राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अघिल्लो वर्ष १ करोड ८ लाख १४ हजार ८ सय ४९ रुपैंयाँको आयव्यय कारोबारमा २ लाख ६० हजार ७ सय ५८ रुपैंयाँ ३२ पैंसा मुनाफा कमाएको जनाइएको छ ।
अघिल्लो आर्थिक २०८१/०८२ अवधिमा संस्थाले प्रवाह गरेको ऋणको व्याजबाट २७ लाख, २९ हजार २ सय २५, बैंक कारोबारबाट व्याज ४३ हजार २ सय ३०, सहकारी संस्थाले दूध बिक्री ७२ लाख २४ हजार ९ सय ७ रुपैंयाँ, विभिन्न निकायबाट ८ लाख १४ हजार ६ सय ८७ रुपैंयाँ आमदानी भएको राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पार्वतीकुमारी बोगटीले प्रस्तूत गर्नुभएको संस्थाको आर्थिक प्रतिवेदनमा उल्ल्ेख गरिएको छ ।
साधारणसभा राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका लेखा समितिका संयोजक प्रेमबहादुर बिष्टले सहकारीका १५, ऋण परिचालन समितिका ६ र लेखा समितिका २ वटा बैठक बसेका संस्थागत प्रगतिसंगै सहकारीको कार्यसमितिले विना पारिश्रमिक स्वयमसेवा गरेको, ५ जना कर्मचारीहरु कर्मचारी प्रशासन नियमावली अनुसार भर्ना गरिएको लेखा प्रतिवेदनमा जनाउनुभएको छ । उहाँले ऋण लगानी व्यवसायिक योजनामा गरिनुपर्ने सुझाव राख्नभयो ।
राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष लालबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्मा, उपमेयर तप्ताकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले सहकारी संस्थाको संस्थागत विकास र आर्थिक उपार्जन विषयमा विभिन्न सुझाव दिनुभएको थियो । यो सहकारीले ८ वर्ष अघिदेखि जिल्ला सदरमुकाममा दुध डेरी सञ्चालन गरेको छ ।










प्रतिक्रिया दिनुहोस्