२०८३ भदौ १० , बुधबार (2026 Aug 26, Wednesday)

बाढीले साेत्तर पारेकाे त्रिशूली बजार



नुवाकोट – त्रिशूली बजारमा बुधबार बिहानसम्म सदाझैँ चहलपहल थियो । बजारवासी आ–आफ्नो दैनिकी सुरु गर्दै थिए । तर, एक्कासी आएको बाढीले केही बेरमै बजार बाढीले साेत्तर बनायाे ।  चकाचौँध बजारलाई खण्डहरमा परिणत गर्न बाढीलाई एक निमेष पनि लागेन ।

अहिले केही ठूला घर मात्रै ठिंग उभिएका छन् । घर वरिपरिको जमिन बालुवाले पुरिएको छ भने बाँकी संरचनाहरू क्षतविक्षत अवस्थामा छन् । छेउमै रहेको त्रिशूली नदी भने बिस्तारै पुरानै अवस्थामा फर्किन थालेको छ । नदीको बहाव सामान्य बन्दै गए पनि बजारले भने आफ्नो पुरानो स्वरूप गुमाएको छ ।

बाढीले त्रिशूली बजारमा छाडेको दृश्यले केही बेरअघिसम्म चहलपहल रहेको बस्तीलाई अहिले सुनसान र उजाड बनाइदिएको छ । नदी सामान्य अवस्थामा फर्किए पनि यहाँका बासिन्दाको जीवन र बजारको पुरानो स्वरूप फर्किन अझै समय लाग्ने देखिन्छ ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार