२०८३ भदौ ७ , आइतबार (2026 Aug 24, Monday)

छोराको हत्याको खबरले आमाको मृत्यु



दाङ – काठमाडौंमा अध्ययनरत छोराको हत्या भएको खबर सुनेपछि दाङमा आमाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा शुक्रबार हत्या गरिएका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीकी ३८ वर्षीया आमा बिना कालाथोकीको शनिबार मृत्यु भएको हो ।

छोराको हत्याको खबर सुनेलगत्तै दिउँसो करिब ३ बजे घोराही–१७ हरिद्वारस्थित घरमै बिनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले बताउनुभयो ।

बसन्तको होस्टलमै कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार