दैलेख – नारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६४ करोड १८ लाख ६२ हजार ६ सय रुपैयाँको बजेट विनियोजन गरेको छ । नगर प्रमुख लाेमन शर्माकाे अध्यक्षतामा आइतबारदेखि सुरु भएको १८ औं नगरसभामा उपप्रमुख तप्ताकुमारी थापाले उक्त बजेट पेश गर्नुभएकाे हाे ।
नगरपालिकाले सोमबार सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी नीति, कार्यक्रम र बजेटबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख तप्ताकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाल र वडा नं. ६ का वडाध्यक्ष एवं नगर प्रवक्ता जनक न्यौपानेले नीति तथा कार्यक्रमका प्राथमिकताबारे प्रकाश पार्नुभएको थियो ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म ४२ करोड ६९ लाख १० हजार २ सय ३२ रुपैयाँ ३८ पैसा खर्च गरेको जनाएको छ । यसमध्ये चालुतर्फ ३७ करोड २ लाख ५३ हजार १ सय २५ रुपैयाँ ३८ पैसा र पुँजीगततर्फ ५ करोड ३५ लाख ५७ हजार १ सय ६ रुपैयाँ ८५ पैसा खर्च भएको जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्मा, जिल्ला अध्यक्ष कमल शर्मा लगायतका पत्रकारहरूले नगरपालिकाको नीति, कार्यक्रम र बजेटका साथै विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारिता बारे उठेका प्रश्नहरुकाे जवाफ कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख थापाले दिनुभएकाे थियाे ।
नगरपालिकाले बजेटमा पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जनाएको छ । नारायण नगरपालिकाले प्रस्तावित नीति कार्यक्रम र बजेट सुझाव दर्ज गर्न नगरसभा सदस्यहरुलाई ३ दिनकाे समय दिएकाे छ । असार १४ गते बजेट पारित गर्ने याेजना रहेकाे बताइएकाे छ ।










प्रतिक्रिया दिनुहोस्