रसुवा – भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका १२ वटा बैंकका १७ शाखा प्रभावित भएका छन् । द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार बैंक तथा वित्तीय क्षेत्रमा ७२ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
सबैभन्दा बढी क्षति कृषि विकास बैंकको एउटा शाखामा ६५ करोड रुपैयाँ भएको छ । सिटिजन बैंकको शाखामा १ करोड ५६ लाख, लक्ष्मी सनराइजमा १ करोड १२ लाख, एनआइसी एसियाका तीन शाखामा ८८ लाख, हिमालय बैंक र माछापुच्छ्रे बैंकका शाखामा ७५–७५ लाख रुपैयाँ क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
नबिल बैंकमा ६३ लाख, सानिमा बैंकमा ६३ लाख, प्रभु बैंकका दुई शाखामा ५३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकका तीन शाखामा ४० लाख, ग्लोबल आइएमई बैंकमा ११ लाख र एनएमबी बैंकमा ४ लाख रुपैयाँ क्षति भएको छ । प्रतिवेदनमा बैंक तथा वित्तीय सेवातर्फ थप १९ करोड ५९ लाख रुपैयाँ बराबरको क्षतिसमेत देखाइएको छ ।









प्रतिक्रिया दिनुहोस्