
दैलेख – रुखले च्यापिएर दैलेखमा दुई जनाको मृत्यू भएको छ । भैरबी गाउँपालिका–५ ढाडगाउँका ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षका इन्द्रबहादुर शाहीको रुखले च्यापिएर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
भैरबी गाउँपालिका–५ सियाला सामुदायिक वनमा दाउराका लागि ढलाइएको रुखले च्यापिएर उनीहरुको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो ।
घटनास्थलबाट स्थानीयले उद्धार गरी उपचारका लागि एम्बुलेन्समा राख्दा दुई जनाको स्वासप्रश्वास नचलेको पाइएकाे बताइएकाे छ । शव पोष्टमाटमका लागि दैलेख अस्पतालमा ल्याइएको डीएसपीले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ चैत १ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्