
दैलेख – भैरबी गाउँपालिकामा कार्यालयमा आर्थिक वर्षकाे अन्तिम समय असारमा खचाखच हुने कर्मचारीहरु साउन सुरु भए यता खाली जस्तै हुने गरेकाे छ । ४५ जना कर्मचारी रहेको मध्ये आइतबार २० जनाकाे हाजिर भएकाे जनाए कर्मचारी प्रशासन शाखाले विवरण दिएकाे छ ।
कुल कर्मचारी संख्याकाे आधा भन्दा बढी बेखबर अवस्था छ । न हाजिर, न गयल छ । न त उनीहरुकाे विदा स्वीकृत भएकाे छ । प्रशासन तथा योजना अनुगमन शाखाका छैटौं अधिकृत विष्णुदेव गिरी, कृषि विकास शाखा प्राविधिक सहायक दिपेन्द्र थापा र कृषि विकास शाखा प्राविधिक सहायक प्रकाश भट्टराईले मात्र विदा लिएर बस्नुभएकाे छ ।
गाउँपालिका अध्यक्ष रीता शाहीले उपाध्यक्ष देबी भण्डारी पनि प्रयाप्त समय दिन सक्नुभएकाे छैन । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रितम थापाले आफै बिरामी परेर उपचारका लागि सुर्खेत पुगेकाे जानकारी गराउनुभयो। कर्मचारीहरु कार्यालयकाे काममा जिम्मेवार नबनेकाे कुरा पोशाक विना आएकाे अवस्थाले पनि झल्काएकाे छ ।
प्रतिक्रिया दिनुहोस्