काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मै शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको पाइएको छ ।
आयात केही घट्नु, रेमिट्यान्स आप्रवाह उच्च वृद्धि लगायत कारण साउनमा शोधनान्तर स्थिति र चालु खाता बचतमा रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष साउनमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति ३० करोड ५१ लाखले बचतमा छ । अघिल्लो वर्ष साउनमा २७ करोड ६३ लाखले बचतमा थियो । साउनमा चालु खाता ३० अर्ब ८९ करोड बचतमा छ ।
अघिल्लो वर्ष सोही महिना चालु खाता १३ अर्ब ३७ करोडमात्र बचतमा थियो । अमेरिकी डलरमा २३ करोड ४ लाखले सेवा खाता बचतमा रहेको छ ।
साउन महिना खुद पूँजीगत ट्रान्सफर २२ करोड ३२ लाख देखिएको छ । प्रत्यक्ष वैदेशिक पूँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख थियो ।
अघिल्लो वर्ष साउनमा खुद पूँजीगत ट्रान्सफर २७ करोड ३६ लाख र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २ खर्ब ६५ करोड थियो ।
प्रतिक्रिया दिनुहोस्