२०८३ असार २३ , मंगलबार (2026 Jul 8, Wednesday)

सामाजिक सुरक्षा कोषबारे सचेतना



दैलेख – नारायण नगरपालिकामा रोजगारदाता तथा सरोकारवालाका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमबारे साेमबार द‌ैलेख सदरमुकाममा चेतनामूलक कार्यक्रम भएको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल/किर्डाक नेपालको आयोजना, श्रम संगठन (आइएलओ) र युरोपियन युनियनको सहकार्य तथा नगरपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो ।

नगरप्रमुख लोमन शर्माले अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारी अभियानमा नगरपालिका जोडिएको जानकारी दिनुभयो । उहाँले साउनदेखि नगरपालिकाका सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सामाजिक सुरक्षा कोष नेपालगन्जका प्रमुख विष्णु रोकाले सामाजिक सुरक्षा गरिबी न्यूनीकरण, सुरक्षित भविष्य र सामाजिक न्याय सुनिश्चित गर्ने महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख तप्ता कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाल, उद्योगी–व्यवसायी, निजी क्षेत्र, नागरिक समाज र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमबार