२०८३ साउन १० , आइतबार (2026 Jul 26, Sunday)

आयोजना बैंक सूचना प्रणाली अभिमुखीकरण



दैलेख – प्रदेश तहका विकास आयोजनाको वितरण प्रणाली व्यवस्थित गर्न कर्णाली प्रदेश योजना आयोगले लागू गरेको आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली बारे दैलेखमा दुई दिने अभिमुखीकरण कार्यक्रम बुधबारदेखि दैलेख सदरमुकाममा सुरु गरेको छ ।

दैलेख र कालिकोटका प्रदेश स्तरका कार्यालयहरुका प्रमुख तथा कार्यक्रम प्रमुख समेत सहभागी कार्यक्रममा आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली प्रभावकारी उपयोगिता विषयमा कर्णाली प्रदेश योजना आयोगले सहभागीहरलाई अभिमुखीकरण गर्ने कार्यसूची छ ।

पालिकास्तरबाट प्राप्त भएका र समुदायबाट माग भई आएका आयोजनाको अभिलेखीकरण, प्राथमिकता र बजेट विनियोजन विधि विषयमा कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख गोपाल केसी, शाखा अधिकृत सूर्य नेपाली, प्रकाशसकीय अधिकृत फणिन्द्र शर्मा पौडेलले सहजीकरण गर्नुहुनेछ ।

अभिमुखीरण कार्यक्रमको उद्घाटन गर्दैं कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले वैज्ञानिक प्रणालीबाट आयोजना छनौट गर्न, आयोजनाहरुमा दोहोरोपन हुन नदिन र आयोजनालाई अनलाइनबाट प्रविष्ट गर्न आयोजना बैंक सूचना प्रणाली व्यवस्था गरिएको प्रष्ट्याउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले आयोजना बैंक प्रणाली सुरु भएको अघिल्ला दुई वर्षमा छिटपुट चोरी बाटोबाट योजनाहरु घुसाइएको पाइएको उल्लेख गर्दै यस्ता त्रुटी भविश्यमा आउन नदिए मात्र आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको सार्थकता हुने टिप्पणी गर्नुभयो ।

आयोजना बैंकमा आर्थिक, सामाजिक र पूर्वाधार विकासका कार्यक्रमहरु १० लाख माथिका प्रास्ताव लिने, संकलित आयोजना सूचनामा जिल्लास्तरमा प्रदेशसभा सदस्यहरु, जिसस र स्थानीय सरकारका प्रमुखहरुको सिफारिसका आधारमा कर्णाली प्रदेश योजना आयोगले अन्तिम रुप दिने कार्यविधिले तोकेको छ ।

प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार