२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)
इतिहासमा साउन १६ -

नेपालमा अहिलेसम्मकै ठूलाे हवाई दुर्घटना



दुई वर्ष अघि इन्सेकका अध्यक्ष डा.कुन्दन अर्याल बृक्षारोपण गर्दै ।

काठमाण्डौं – विसं २०४९ साउन १६ गते शुक्रबार (सन् १९९२ जुलाई ३१) मा थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेजको ‘एयरबस–३११’ नुवाकोटको घ्याङ्फेदीमा दुर्घटना भएको थियो । यसमा सवार चालकदलका १४ जना र ९९ यात्रु समेत १ सय १३ जनाको मृत्यू भएको थियो । उक्त विमान दुर्घटना नेपालमा अहिलेसम्मकै ठूलो हवाई दुर्घटना मानिन्छ ।

विमान दुर्घटनामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव प्रकाश काफ्ले, राजधानी साप्ताहिक पत्रिकाका प्रकाशक आङदोर्जे लामा, नर्वेजियन अध्येता मार्टिन होफटुनको पनि ज्यान गएको थियो । यस समय शेर्पा सेवा केन्द्र, गर्जनढुङ्गा विद्यालय, गौरीशङ्कर क्याम्पसको पनि संस्थापक लामा पञ्चायतविरोधी आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । मार्टिन चौतारी नामक संस्था समेत सञ्चालनमा ल्याएको छ ।

इन्सेकका संस्थापक महासचिव काफ्लेको स्मृतिमा इन्सेकले हरेक साउन १६ गते स्मृति दिवस मनाउने र मानव अधिकार सवालमा काम गरेको व्यक्तिलाई ‘प्रकाश मानव अधिकार पुस्कार’ दिने गरेको छ । ३३ औँ प्रकाश स्मृति दिवसको अवसरमा आज सुनिलकुमार यादवलाई याे पुरस्कार दिंदैछ ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ मौवाही निवासी यादव सन् २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजक तथा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेल र अधिकारकर्मी गंगा कसजु सदस्य रहेको समितिले देशभरबाट आएका ४० जना अधिकारकर्मी मध्ये यादवको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार