
दैलेख – बँदेलको आक्रमणबाट दैलेखमा एक जना बृद्धको मृत्यू भएको छ । दैलेखको महावु गाउँपालिका-५ गडीगाउँका ७८ वर्षीय प्रदीप सिंहको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले पहरेदारलाई जानकारी दिनुभयो ।
छिमेकी गाउँ भैरबी गाउँपालिका-६ कुटी नजिक घाम तापेर बसिरहेका बेला रातामाटे सल्लेरी वन क्षेत्रबाट आएको बँदेलले साेमबार अपरान्ह आक्रमण गरी गुप्ताङ कोपरेर घाइते बनाएका सिंहको अध्याधिक रक्तश्राव भई घटनास्थलमै मृत्यू भएको डीएसपी बरालले बताउनुभयो ।
ती ज्येष्ठ नागरिकलाई आक्रमण गर्नु अघि आज साेमबार दिउँसो भैरबी गाउँपालिका-६ कुर्माकोटका दुई जना युवाहरु २२ वर्षीय निकेश सिंजाली र ३४ वर्षीय दिपक सिंजालीलाई पनि घर बनाउने काममा जुटेको बेला घाइते बँदेलले बनाएको वडाध्यक्ष तुलबहादुर हमालले जानकारी दिनुभयो ।
घाइते दुवै जनालाई दैलेख अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारकाे लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ । निकेशको खुट्टामा सामान्य घाउ लागेको र दिपकको भूँडीबाट गम्भीर घाउ भएकोले सुर्खेत पठाइएकाे दैलेख अस्पतालकी डा. प्रिती यादवले पहरेदारलाई बताउनुभयाे ।








प्रतिक्रिया दिनुहोस्