२०८३ कात्तिक २२ , शनिबार (2026 Nov 7, Saturday)

दाङमा जिप दुर्घटनामा एकको मृत्यू



दाङ – घोराही उपमहानगरपालिका–१२ मा शुक्रबार साँझ जिप दुर्घटनामा एक जनाको मृत्यू भएको छ ।  दुर्घटनामा सख्त घाइते घोराही नपा–१२ का ४० वर्षीय शेरमान घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएको लगतै चिकित्सकले मृत घोषणा गरेका दाङका प्रहरी इञ्चार्ज प्रहरी उपरीक्षक दिपक श्रेष्ठ जानकारी दिनुभयाे ।

दुर्घटनामा ६ जना घाइते भएका  प्रहरीले जनाएको छ । घोराही–१२ का १३ वर्षीय उमेश बुढा, ६ वर्षीय विकास बुढा, २८ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय मानबहादुर बुढा र तुलसीपुर उपमहानगरपालिका–१३ का ९ वर्षीय अनमोल पुन घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र प्रतिष्ठानमा उपचार भइरहेको बताइएकाे छ ।

प्रहरीका अनुसार साजखर्कबाट पश्चिम दाङको साशर खोला जाँदै गरेको भे १ ज ६०४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनापछि जिपका चालक तथा धनी घोराही–१२ का ३७ वर्षीय धमन घर्ती मगरलाई नियन्त्रणमा लिएको र घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २२ गते शनिबार