दैलेख – चुप्रादेखि देउली तर्फ जाँदै गरेको बलेरोले ठक्कर दिँदा शुक्रबार एक जना पैदल यात्री डुंगेश्वर गापा-१ बेलपाटाका २९ वर्षीय रमेश बिकले मृत्यू भएको छ ।
समला टोलको मोडमा बाटोको मोड परेको उकालोमा बोलेराोले ठक्कर दिँदा घटनास्थलमै मृत्यू भएको डुंगेश्वर गापा-१ वडाध्यक्ष श्याम रानाले जानकारी दिनुभयो ।
घटनास्थलमा पुगेको प्रहरीले बोलेरो चालक बर्दिया बाँसगाडी नपा-१ निवासी २३ वर्षीय प्रतुस कँवर र क.प्र.०२-००१ च १८२६ नम्बरको बलेरो नियन्त्रणमा लिएको छ ।
मृतकको शव दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर पुष्पराज रोकायले बताउनुभयो ।
प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार








प्रतिक्रिया दिनुहोस्