पहरेदार सम्वाददाता २०८३ भदौ ३० गते मंगलबार 10:28 AM
साँकेतिक फाेटाे
सिराहा – गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामदयाल यादवका छोरा आयान्स कुमार यादव रहेकाे सिराहा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक नरेश लिम्बुले जानकारी दिनुभयाे ।
मंगलबार बिहान घरअगाडि खेलिरहेका बालकलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारका लागि गोलबजारतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हाे । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्