२०८३ जेठ ७ , बिहीबार (2026 May 22, Friday)
पतञ्जली योग समिति दैलेख

नियमित योग र आयुर्वेदको सङ्गम



दैलेख – जिल्ला सदरमुकाम दैलेखबजारको गणेशचोकमा सञ्चालित नियमित योग अभ्यासले योगमा सहभागीहरुको स्वास्थ्य सुधारमा चमत्कारिक’ माध्यम बन्न थालेका छन् ।

योग अभ्यास भित्रै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको समन्वयमा सञ्चालित सचेतना कार्यक्रम र नियमित योग अभ्यासका कारण वषौँदेखि बल्झिएका जटिल स्वास्थ्य समस्याहरू समाधान हुन थालेका छन् ।

नियमित कपालभाँती प्राणायाम र योगाभ्यासका कारण मुटु सम्बन्धी गम्भीर समस्या, उच्च रक्तचाप, मधुमेह (सुगर) लगायतका धेरै नाम गरेका रोगहरू निको भएका प्रशस्त उदाहरणहरू देखिएका छन् ।

६-७ वर्ष अघि आधुनिक भवनमा पतञ्जली योग समिति दैलेखले नियमित योग अभ्यास गराइरहेको ६० नाघेका ज्येष्ठ नागरिक र युवाहरु समेत ६०-७० जना निरन्तर योग अभ्यास गर्दछन् ।

पतञ्जली योग समिति दैलेखका मुख्य प्रशिक्षक शंकर थापाको पहलकदमीमा निरन्तरता पाएको हो । थापाकै सक्रियतामा निर्मित योग भवनमा अहिले योग प्रोटोकल अनुसार नियमित योग अभ्यास वाहेक प्राकृतिक उपचार सम्बन्धी ज्ञान दिइँदै आएको छ ।

पतञ्जली योग भवनमा शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. यादव प्रसाद उपाध्यायले योग र आयुर्वेदलाई एउटै सिक्काका दुई पाटाको रूपमा व्याख्या गर्दै जडीबुटीको महत्व बारे जानकारी दिनुभयो ।

योगले शरीर लाई भित्रबाट बलियो र सन्तुलित बनाउँछ भने आयुर्वेदले प्राकृतिक खानपान र जडीबुटी मार्फत शरीरको रक्षा गर्छ, डा. उपाध्यायले भन्नुभयो । उहाँले स्थानीय स्तरमा पाइने अमला, कुरिलो, शिलाजित, गुर्जो, असुरो, टिमुर, तुलसी लगाएतका जडीबुटीलाई प्रयोग गर्ने तरिकाबारे जानकारी दिनुभएको थियो ।

योग शिविरमा सहभागी राधाकुमारी शाहीले योगले मन चङ्गा बनाउनुका साथै विचार, भोजन शैली र आचरणमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो। शिविरका क्रममा सहभागीहरूको सुगर र प्रेसर (रक्तचाप) समेत जाँच गरिएको थियो ।

वर्षौ‌ंदेखि औषधि सेवन गरिरहेका बिरामीहरूले समेत योग र आयुर्वेदको उचित समन्वय पछि स्वास्थ्य लाभ लिन थालेका छन् । प्राकृतिक जडीबुटीको परिचय, यसको सेवन गर्ने सही मात्रा र समयका बारेमा आयुर्वेद केन्द्रले जानकारी दिँदै आएको छ ।

योग र आयुर्वेदको यो सहकार्यले याेग अभ्यास गर्न आउनेहरु इच्छुक जिल्ला सदरमुकाम निरोगी बनाउने अभियान त चलेकै छ, बेलाबेला निमन्त्रणा अनुसार विभिन्न ठाउँमा  पुगेर प्रशिक्षक थापाले याेग अभ्यास गराउदै आउनुभएकाे छ।

प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार