२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

प्रश्नपत्र बाहिर पठाउने विद्यार्थी हिरासतमा



फिदिम  –  पाँचथरको याङवरक गाउँपालिका–४ को थर्पु माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको नियमित परीक्षा दिइरहेका एक परीक्षार्थी प्रहरी हिरासतमा परेका छन् । आइतबार कक्षा १२ को अङ्ग्रेजीको नियमित परीक्षाको क्रममा मोबाइलबाट प्रश्न पत्र बाहिर पठाएको पुष्टि भएपछि ती विद्यार्थीलाई कारवाही थालिएका प्रहरीले जनाएको छ ।

जंग मावि गोपेटारबाट परीक्षामा सहभागी छात्र निशेक काम्वाङले  प्रश्न पत्रको गोपनीयता भङ्ग गरेकाे भन्ने केन्द्राध्यक्षको उजुरीको आधारमा पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ वैशाख २३ गते मंगलबार