स्याङ्जा – ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा मंगलबार नुहाउने क्रममा स्याङ्जाको वालिङकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । पाैडी खेल्दै गर्दा खाेलाले बगाएपछि साथीहरुले खाेजी थालेका थिए ।
स्याङजाकाे वालिङ नगरपालिका–९ भूम्रेकी ५३ वर्षीया माया पाण्डेलाई नुहाउने क्रममा मंगलबार बिहान खोलाले बगाएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।
प्रहरी, जनप्रतिनिधि र स्थानीयले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब चार किलोमिटर टाढा वालिङ–१३ शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा पाण्डेको शव भेटिएको प्रहरी नायव उपरीक्षक पौडेलले जनाएको छ ।
प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्