२०८३ भदौ ३० , मंगलबार (2026 Sep 15, Tuesday)

कारमा आगलागी हुँदा चालकको मृत्यु



चितवन – पूर्वपश्चिम राजमार्गकाे भरतपुर महानगरपालिका–९ मा कारमा आगलागी हुँदा चालक अमर पराजुलीको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । हेटाैडाबाट नारायणगढ तर्फ आउदै गर्दा दुर्घटना भएकाे हाे ।

बिहीबार बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका इञ्चार्ज प्रहरी उपरीक्षक रामेश्वर पौडेल जनाएको छ । आगलागीमा परी कार चालकको घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीबाट चालक पराजुलीको शरीर पूर्ण रूपमा जलेका थिए । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको र कार पूर्ण रूपमा जलेर क्षति भएको छ ।आगलागीको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०८३ भदौ २६ गते शुक्रबार