२०८२ असोज १५ , बुधबार (2025 Oct 2, Thursday)

इभी गाडी दुर्घटनामा हुँदा १७ जना घाइते



सुर्खेत – नेपालगञ्जदेखि सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख ११२९ नम्बरको इभी गाडी सुर्खेतको बिउरेनीमा दुर्घटना हुँदा १७ जना यात्रुहरू घाइते भएका प्रहरीले जनाएको छ । जुम्लाका ५, दैलेखका ३, कालिकोटका १, मुगुका १ र सुर्खेतका ७ समेत १७ जना यात्रुहरू घाइते भएका जिल्ला ट्राफिक कार्यालय सुर्खेतका इञ्जार्ज प्रहरी निरीक्षक वकील सुनारले जानकारी दिनुभयो ।

दुर्घटनामा जुम्लाका पाँच जना चन्दननाथ–१ का दिपेन्द्र दमाई र श्री परियार, सिंजा–५ का महेन्द्र शाही, सिंजा–३ की राज्य लक्ष्मी हमाल, र सिंजा–४ का ऐन रोकाय रहेका छन् । सुर्खेतका ७ जना बराहताल गाउँपालिका–४ का हरी मल्ल, वीरेन्द्रनगर–३ का लाल बहादुर शाही, वीरेन्द्रनगर–११ का नरेश शाही, लेकबेशी–६ का पर्शुराम घर्ती मगर, सुर्खेतकै लक्ष्मी कठायत, रक्षा धिताल र बिष्णु शाही रहेका छन् ।

दैलेख जिल्लाबाट दुल्लु नगरपालिका क्षेत्रका तीन जना घाइते भएका छन् । उनीहरूमा दुल्लु–६ का शम्सेर खड्का, दुल्लु–१० का गणेश योगी र दुल्लु–११ का लक्ष्मण कार्की, कालिकोटको पचालझरना–३ का रोशन बि.क. र मुगुको सोरु–९ का दिनेश शाही दुर्घटनामा घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

रातिको समय ४ बजे दुर्घटनाको जानकारी पाउने वित्तिकै प्रदेश ट्राफिक कार्यालय सुर्खेतको टोलीले घटनास्थल पुगी घाइतेहरुको उद्धार गरी पठाएको र घटनाबारे अनुसन्धान थालिएको बताइएको छ । गाडी चालक हरि मल्ल समेत सबै घाइतेहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार चलिरहेको छ । सबैको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार