दैलेख – पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखले भोलिदेखि दुल्लु नगरपालिका–१० नाभिस्थानमा पञ्चकोशी धार्मिक पर्यटन मेला सुरु गर्न लागेको छ । भोलि वैशाख १३ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका अध्यक्ष तथा संस्थाका अध्यक्ष नवीन योगीले जानकारी दिनुभयो ।
‘धर्म, संस्कृति र पर्यटनको संगम, पञ्चकोशी मेला हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको मेलामा पञ्चकोशी क्षेत्रको धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्नुसंगै धार्मिक पर्यटनमार्फत पूर्वाधार विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको अध्यक्ष योगीले बताउनुभयो ।
स्कन्द पुराणमा यस क्षेत्रलाई वैष्णव (ज्वाला र अग्नि) क्षेत्रका रूपमा वर्णन गरिएको पाइन्छ। यहाँ रहेका दिव्य ज्वाला क्षेत्र, पौराणिक तीर्थस्थल, मौलिक संस्कृति र प्राकृतिक शान्त वातावरणले श्रद्धालु तथा पर्यटकलाई विशेष आकर्षण प्रदान गर्ने विश्वास गरिएको छ ।
पञ्चकोशी क्षेत्रको धार्मिक यात्रा तथा दर्शन कार्यक्रम, प्रत्येक बिहान बटुकहरूद्वारा स्वस्तिक वाचन, हरेक साँझ आरती गाइने कार्यक्रम छ । मेलामा १८ वर्षीया कथावाचिका पुज्य माता कृर्ति किशोरीजीको मुखारविन्दबाट कथा–पुराण वाचन गरिने कार्यक्रम रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्