२०८३ कात्तिक २२ , शनिबार (2026 Nov 7, Saturday)

आज काठमाण्डौ र लुम्बिनी भिड्दै



काठमाण्डौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाण्डौ गोर्खाज र साविक विजेता लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेल बेलुका ५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा अपराजित रहेको लुम्बिनी सात अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । काठमाण्डौ भने चार अङ्क जोड्दै चौथो स्थानमा रहेको छ ।

यसअघि हिजो भएका दुई खेलमा पोखरा एभेन्जर्स चितवन राइनोजसँग र कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग पराजित भएका थिए । लगातार चौथो हार बेहोरेको पोखरा तालिकाको पुछारमा छ । उसको प्लेअफमा पुग्ने सम्भावना पनि लगभग समाप्त भएको छ ।

हिजोको खेलमा कर्णालीका डेभिड मिलरले डेब्यु खेलमै नटआउट ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनको उत्कृष्ट प्रदर्शनका बाबजुद कर्णाली सुदूरपश्चिमसँग ३९ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २०८३ कात्तिक २२ गते शनिबार