काठमाण्डौं – जापानमा हुने २०औं एसियाली खेलकुद प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा भएको छ । नेपाल ओलम्पिक कमिटीले आइतबार टोली घोषणा गरेको हो ।
टोलीमा दीपेन्द्रसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, गुल्शनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् ।
एसियाली खेलकुदमा नेपालले क्रिकेटतर्फ समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । प्रतियोगिताको क्रिकेटतर्फको पुरुष खेल सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म सञ्चालन हुने तय भएको छ ।
प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार









प्रतिक्रिया दिनुहोस्