लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० ले पराजित गरेको छ ।
खेलको ३८औँ मिनेट र इन्जुरी समयमा गोल गरेका मेस्सी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
उनले विश्वकपमा १८ गोल पुर्याउँदै जर्मनीका मिरास्लोभ क्लोजको १६ गोलको कीर्तिमान तोडे ।
यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै मेस्सीले क्लोजको कीर्तिमान बराबरी गरेका थिए ।
अष्ट्रियाविरुद्धको खेलमा उनले पेनाल्टीको अवसर भने सदुपयोग गर्न सकेनन् ।
लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले ६ अंक जोड्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्