धनुषा – विदेह नगरपालिकाबाट झण्डै दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको सकुशल उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ । उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइएको छ ।
भदौ १८ गते अपहरणमा परेका विदेह नगरपालिका–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्तलाई गएराति विदेह–१ दशगज्जा क्षेत्रबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी ओमप्रकाश खनालले जानकारी दिनुभयाे ।
बालक अपहरणमा परेको सूचना पाएपछि तालिम प्राप्त कुकुर सहित परिचालन गरिएको थियाे । बालकलाई छाडेर भाग्दै गरेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।
प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्