२०८१ पुस ९ , मंगलबार (2024 Dec 24, Tuesday)

हातेमालोले ग¥यो, बीउ बैंक स्थापना



दैलेख – हातेमालो सामुदायिक विकास संस्था नेतृत्वको क्षमता अभिबृद्धि र सामुदायिक लघु वित्तपोषणद्वारा ग्राणी आत्मनिर्भरता तथा दीगो विकासका लागि सुदृढीकरण परियोजनाले दैलेखको भगवतीमाई गाउँपालिका–४ मन्घरमा ‘भगवतीमाई सामुदायिक बीउ बैंक’ स्थापना गरिएको छ ।

रैथाने बाली प्रवद्र्धन, तरकारी खेती, फलफूल र अन्नबाली उत्पादन बृद्धि, वातावरण सरसफाई, जलवायु अनुकूलन, जैविक विषादीको उपयोग लगायत व्यवसायिक कृषि प्रविधि हस्तान्तरण सवालमा काम गरिरहेको परियोजनाले बीउ बैंक स्थापना गरेको हो ।

स्थानीय युवा, महिला, दलित, जनजाति लगायतका लक्षित वर्गलाई खेती प्रविधिमा सहायता गर्न बीउ बैंक स्थापना गरेकने परियोजना संयोजक रामकृष्ण कठायतले जानकारी दिनुभयो । मनघर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदमबहादुर थापाको अध्यक्षता कार्यक्रम भएको थियो ।

कार्यक्रममा भगवतीमाई गाउँपालिकाका अधध्यक्ष, गणेणबहादुर थापा, उपाध्यक्ष मीना खड्का थापा, वडा नंं. ४ वडाध्यक्ष देबलोक अधिकारी, भगवतीमाई गाउँपालिकाका कृषि शाखाका प्रमुख तार्जन वली लगायतका पाहुनाहरुलाई स्थानीयले फलफूल र तरकारीका माला लगाइदिएका थिए ।

नेतृत्वको क्षमता अभिबृद्धि र सामुदायिक लघु वित्तपोषणद्वारा ग्राणी आत्मनिर्भरता तथा दीगो विकासका लागि सुदृढीकरण परियोजनाले २०७३ देखि आठ वर्ष भैरबी गाउँपालिका कार्यक्रम गरेको र पछिलो सयमा एक वर्षदेखि भगवतीमाई गाउँपालिकामा यो गरियोजना सञ्चालिनछ छ  ।

प्रकाशित मिति : २०८१ कात्तिक ५ गते सोमबार