दैलेख – नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीको ८० वर्षको उमेरमा निधन भएको छ । हृदयाघात भएपछि उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश प्रदेश अस्पतालमा पुर्याएकाेमा उपचारकै क्रममा बुधबार राति उहाँकाे निधन भएको हो ।
शाहीले नेपाली कांग्रेस दैलेखको जिल्ला सभापति, जिल्ला विकास समिति दैलेखको सभापति र कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । दैलेखको विकास, प्रजातान्त्रिक आन्दोलन तथा सामाजिक रूपान्तरणमा उहाँको योगदान रहेको बताइन्छ ।
दैलेखकाे चामुण्डा बिन्द्रासैनी नपा–४ निवासी शाही २००४ साल भदौ २६ गते जन्मिनुभएको थियो । शाहीको निधनप्रति नेपाली कांग्रेस लगायत अरु राजनीतिक दलका नेता तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । भाेलि शुक्रबार पादुकामा दाहसँस्कार गरिने बताइएकाे छ ।









प्रतिक्रिया दिनुहोस्