काठमाण्डौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बढ्दै गएको आन्तरिक विवाद समाधान र संगठनलाई एकढिक्का बनाउने विषयमा मंगलबार आफू पक्षीय नेताहरूसँग छलफल गर्नुभएको छ ।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा सभापति गगन थापाले मनोनीत गरेका केन्द्रीय सदस्यहरू सुजाता कोइराला, जीवन परियार, डा. गोविन्दराज पोखरेल र दिनेश कोइराला पनि सहभागी हुनुभएको थियो ।
छलफलमा प्रतिनिधिसभाका सांसदहरू गीता सेन्दाङ, डा. चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला र रिना उप्रेती तथा राष्ट्रियसभा सदस्यहरू बासुदेव जंगली, गीता देवकोटा, विष्णु सापकोटा र रञ्जित कर्णलगायत नेताहरू सहभागी हुनुभएको थियो ।
पार्टीको आन्तरिक विवाद समाधानका लागि सक्रियता बढाउनुभएका कोइरालाले यसअघि डा. शशांक कोइराला र शेरबहादुर देउवासँग पनि छलफल गर्नुभएको थियो । मंगलबारको परामर्शपछि पार्टीभित्रको शक्ति सन्तुलन र आगामी कार्यदिशाबारे थप रणनीति बनाउने तयारी गरिएको सहभागी नेताहरूले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्