२०८३ असोज १६ , शुक्रबार (2026 Oct 2, Friday)

एक सय मत गणना हुँदा



दैलेख – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेख क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणनाकाे प्रारम्भिक चरणमा १ सय मत गणनाकाे नतिजा सार्वजनिक भएकाे छ । समावेशी १४ पदका लागि ३३ जना प्रतिस्पर्धीकाे प्रारम्भिक नतिजा दिइएकाे छ ।

आदिवासी जनजाति महिलातर्फ करिस्माकुमारी रामजाली मगर २८, दुर्गाकुमारी श्रेष्ठ ३५ र सरस्वती श्रेष्ठ २४ मत पाएका छन् त्यसैगरी जनजाति पुरूषमा देवेन्द्रकुमार पुन १२, विनोदकुमार श्रेष्ठ ४० र हरिबहादुर रानाले ३४ मत प्राप्त गरे ।

खसआर्य महिलातर्फ कमला कुमारी चन्द ६०, मञ्जु कुमारी शर्मा पाण्डे ४२, मोहनमाया प्याकुरेल ४३ र सीता ज्ञवाली ६१  पाएकी निर्वाचन अधिकृत प्रकाशबाबु ऐडीले जानकारी दिनुभयो ।

खसआर्य पुरूष तर्फ तीन पदका लागि कृष्णप्रसाद कोइराला ३३, नरसिंह मल्ल ५६, प्रकाशकुमार शाही १७, प्रकाश न्यौपाने ३७, प्रेमबहादुर चन्द ८, वीरबहादुर शाही १४, भक्तबहादुर भण्डारी १३, सुवासकुमार थापा ३० र हस्तराज अधिकारीले २४ मत प्राप्त गरेका छन् । पेशागत विज्ञतर्फ खेमराज केसी ३०, पूर्णप्रसाद कोइराला ३० र रामबहादुर शाही २१  मत ल्याएका छन् ।

युवा खुलातर्फ चेतन न्यौपाने ३३, भीमबहादुर थापा २६, मनोजकुमार थापा ५३ र शुसिल देउजा  प्रतिस्पर्धामा छन् । यसैगरी अपाङ्गतातर्फ कनकबहादुर सेन ठकुरी १६, गणेशबहादुर बोगटी ३२ र रणबहादुर कार्कीले ४५ मत पाएका छन् ।

प्रजातन्त्र सेनानी/शहीद परिवार/द्वन्द्व प्रभाविततर्फ बखतबहादुर कटुवाल ५१ र महेन्द्रकुमार रानाले ३६ तथा समानुपातिक दलित महिलातर्फ पशुपति सुनार ४८ र सम्झना गाहतराज ३१ मत पाएकी छिन् ।

कुल १ हजार १ सय ३१ मतदाता रहेकामा १ हजार ७२ जनाले मतदान गरेकामा समावेशी तर्फको मतगणना पूरा गरेपछि खुला तर्फका मतपेटिका खोलेर मतगणना गरिने निर्वाचन अधिकृत ऐडीले जानकारी दिनुभयो ।

१ सय मतगणना गर्न २ घण्टा समय लागेकाे थियाे, अभ्यासले गणनामा सहज भइहाले पनि करिब ७ घण्टामा समावेशी तर्फको मतगणना पूरा हुने अनुमान गरिएकाे छ । खुला तर्फकाे मतगणना अलि सजिलाे हुने भएकाेले भाेलि विहान १० देखि ११ बजेतिर मात्र अन्तिम नतिजा प्रकाशन हुने सम्भावना छ ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधबार