२०८३ मंसिर ८ , मंगलबार (2026 Nov 24, Tuesday)

प्रज बस्याल कात्तिकको उत्कृष्ट प्रहरी



दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी जवान पवन कुमार बस्याल २०८३ साल कात्तिक महिनामा जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

कार्यालयको कार्यशाखामा कार्यरत बस्यालले जिम्मेवारी निर्वाहमा देखाएको निष्ठा, इमानदारी, अनुशासन र व्यावसायिक दक्षताको मूल्याङ्कन गर्दै उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले प्रहरी जवान बस्याललाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

कार्यालय प्रमुख डीएसपी बिकले उहाँलाई बधाई दिँदै आगामी दिनमा पनि जिम्मेवारीप्रति निष्ठावान् रही उत्कृष्ट कार्यसम्पादन गर्न शुभकामना व्यक्त गर्नुभयो ।

प्रशंसापत्रमा कार्यसम्पादनमा लगनशीलता, गोपनीयता कायम गर्ने क्षमता, सूचना व्यवस्थापन, समन्वयकारी भूमिका र जिम्मेवारीप्रतिको प्रतिबद्धताका आधारमा उहाँलाई सर्वोत्कृष्ट प्रहरी छनोट गरिएको उल्लेख छ ।

प्रकाशित मिति : २०८३ मंसिर ८ गते मंगलबार