मुगु – छायाँनाथ रारा नगरपालिका–७ ताल्चा–रारा कच्ची सडकखण्डमा हाइलक्स जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यू भएको छ भने दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।
सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप २०८३ कात्तिक २९ गते अचानक सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो । जिप ललितपुर महानगरपालिका–१५ बस्ने ५८ वर्षीय कञ्चन थापाले चलाउनुभएको थियो ।
दुर्घटनामा काठमाडौँको कलंकी बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मुगुका इञ्चार्ज डीएसपी रविराज थापालियाले जानकारी दिनुभयो ।
जीपमा यात्रारत ५ जना मध्ये दुर्घटनामा ललितपुर महानगरपालिका–१५ बस्ने ५४ वर्षीया अन्जु थापा र जिप चालक कञ्चन थापा घाइते हुनुभएको र उहाँहरुको उपचारका जिल्ला अस्पताल मुगु भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्