२०८३ कात्तिक २९ , आइतबार (2026 Nov 15, Sunday)

दैलेखमा निःशुल्क स्वास्थ्य परीक्षण



दैलेख – विश्व मधुमेह दिवसको अवसरमा शनिबार दैलेखमा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण शिविर सञ्चालन गरिएको छ । शिविरमा १०३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

लायन्स क्लब अफ दैलेखको आयोजना तथा नारायण नगरपालिका स्वास्थ्य शाखा र राम मेडिकलको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

समुदायमा मधुमेह र उच्च रक्तचापका बिरामी बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारणलाई सहज स्वास्थ्य परीक्षणको अवसर प्रदान गर्न शिविर आयोजना गरिएको लायन्स क्लब अफ दैलेखका अध्यक्ष अभिषेक अनुरागले बताउनुभयो ।

उहाँले पछिल्लो समय घरघरमा मधुमेह र रक्तचापका बिरामी बढ्दै गएकाले निःशुल्क परीक्षणबाट नागरिकलाई राहत पुग्ने अपेक्षासहित कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

बदलिँदो जीवनशैली र खानपानका कारण मधुमेह तथा उच्च रक्तचापको जोखिम बढ्दै गएकाले समयमै स्वास्थ्य परीक्षण गर्न र सचेत रहन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक २८ गते शनिबार