दैलेख – दुल्लु नगरपालिकाले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । सुरक्षित मातृत्व प्रवर्द्धन तथा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन योगदान पुर्याएका १३८ जना स्वास्थ्य स्वयंसेविकालाई नगद सहित सम्मान गरिएको हाे ।
स्वास्थ्य सेवाको पहुँच विस्तार, खोप अभियान सञ्चालन, उत्कृष्ट कार्यसम्पादन गरेका १३ जना स्वयंसेविकालाई विशेष पुरस्कारसमेत प्रदान गरिएको छ । आकस्मिक बिरामीको उद्धार तथा सेवा प्रवाहलाई सहज बनाउन दुल्लू क्षेत्रका विभिन्न स्वास्थ्य संस्थालाई स्ट्रेचर समेत वितरण गरिएको थियो ।
कार्यक्रममा दुल्लू नगर प्रमुख भरतप्रसाद रिजालले समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह, मातृ–शिशु स्वास्थ्य सुधार तथा जनचेतना अभिवृद्धिमा स्वयंसेविकाहरूको भूमिका मुक्त कण्ठले प्रशंसा गर्नुभयो । उपप्रमुख बीना कार्कीले सीमित स्रोत–साधनका बीच पनि स्वयंसेविकाहरूले स्वास्थ्य क्षेत्रमा गरेकाे योगदानकाे कदर गर्नुभयाे ।










प्रतिक्रिया दिनुहोस्