काठमाण्डौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै टोलीले पाँच–पाँच खेल खेलिसकेका छन् । विराटनगर दुई खेलमा जित निकाल्दै चार अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । पोखराले भने पाँचमध्ये एक खेल मात्रै जितेको छ । दुई अङ्कसहित पोखरा तालिकाको पुछारमा रहेको छ ।
आजको दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन् । यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ । लुम्बिनीले पाँच खेलमध्ये तीनमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
सात अङ्क जोडेको लुम्बिनी तालिकाको तेस्रो स्थानमा छ । कर्णालीले पाँचमध्ये दुई खेल जित्दै चार अङ्कसहित सातौँ स्थानमा रहेको छ । लिग चरणमा दुवै टोलीले अब दुई–दुई खेल खेल्न बाँकी छ । प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा रहेका चारै टोलीका लागि आजका खेल महत्त्वपूर्ण हुनेछन् ।









प्रतिक्रिया दिनुहोस्