२०८३ कात्तिक २४ , सोमबार (2026 Nov 9, Monday)

बिरामी बाेकेकाे बोलेरो दुर्घटना; एक जनाको मृत्यू



दैलेख – कालिकाेटबाट बिरामी लिएर सुर्खेत तर्फ जाँदै गरेकाे बोलेरो गाडी कर्णाली राजमार्ग अन्तरगत दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा साेमबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने पाँच जना घाइते भएका प्रहरीले जनाएकाे छ ।

घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्तपताल सुर्खेत पुर्‍याइएकोमा उपचारकाे क्रममा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी श्रवणकुमार बिक जानकारी दिनुभयाे ।

कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो सडकबाट करिब २०० मिटर तल खसेको हो । दुर्घटनामा गाडी चालक २२ वर्षीय योगेश सिंखडा सहित १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसी सार्की रहेका छन् । सबै जना सान्नीत्रिवेणी गाउँपालिका–७ कै बासिन्दा हुन् ।

घाइते मध्ये चालक सिंखडाको अवस्था गम्भीर रहेको दैलेखका इञ्चार्ज डीएसपी श्रवणकुमार बिक बताउनुभयाे । घरमै विषादी सेवन गरेकी बिरामी कैसी सार्कीलाई गाउँमा प्राथमिक उपचारपछि अक्सिजन सहित लगाएर थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाेलेराे दुर्घटना भएकाे हाे ।

प्रकाशित मिति : २०८३ कात्तिक २४ गते सोमबार