दैलेख – दैलेखको ठाँटीकाँध गाउँपालिका–४ धनकोट एक व्यक्तिले हँसिया प्रहारबाट एक जनाको मृत्यू भएको छ भने तीन महिला घाइते भएका छन् । मृत्यू हुनेमा ४५ वर्षीय बिमा मगर रहेको जिल्ला प्रहरी कार्यालय दैलेख इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले जानकारी दिनुभयो ।
घटनामा एकै परिवारका तीन महिलाहरु २५ वर्षीय महेसरा पुन, वर्षीय लक्ष्मी पुन र २३ वर्षीय तिला पुन मगर रहेका छन् । घाइतेहरूलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ ।
आक्रमण गर्ने आरोपित स्थानीय ३६ वर्षीय बमबहादुर रावतलाई प्रहरी चौकी ठाँटीकाँधका प्रहरी सहायक निरीक्षक लालबहादुर शाहीको नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज प्रहरी निरीक्षक सरोज कँडेलको टोली घटनास्थलमा पुगी अनुसन्धान थालिसकेको छ ।
प्रकाशित मिति : २०८३ कात्तिक २३ गते आइतबार










प्रतिक्रिया दिनुहोस्